शनिबार, भाद्र ७, २०७६
    खेल संसार

    साफ च्याम्पियनका लागि खेलाडी छनोट

    मंगलवार, २८ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २८ साउन

    नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज प्रशिक्षणमा रहेका ४६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । 

    प्रशिक्षणमा आएका ४६ खेलाडीमध्ये पहिलो चरणमा १६ खेलाडी टिमबाट बाहिरिएका हुन् । साफ यु–१८ फुटबल च्याम्पियनसिप आगामी असोज ३ देखि १२ गतेसम्म हुनेछ । 

    छनोट हुने खेलाडीमा गोेलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना छन् । त्यस्तै डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बू र एन्जल महर्जन छन् ।

    मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, रञ्जन पुन, आकाश बुढामगर, रेजिन माझी, जया गुरुङ, मनिष थापा, कुशस पौडेल र नितिन थापा छन् । त्यसैगरी स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डांगी छन् । 

    हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, माल्दिभ्स र भूटान छन् । नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast