शनिबार, भाद्र ७, २०७६
    आर्थिक खबर

    सुनको भाउ फेरी बढ्यो, प्रतितोला १ हजारले वृद्धि

    मंगलवार, २८ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २८ साउन

    पछिल्लो पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक हजारले बढेर रु ७१ हजार पुगेको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७० हजारमा कारोबार भएको थियो ।  

    तेजावी सुनसमेत बढेको छ । तेजावी सुन प्रतितोला रु एक हजारले वृद्धि भई रु ७० हजार ७०० पुगेको छ । सोमबार तेजावी सुन प्रतितोला र ६९ हजार ७०० मा कारोबार भएको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु १० ले वृद्धि भएको छ । चाँदीको मूल्य प्रतितोला रु ८३५ पुगेको छ । 

    लगातार उकालो लाग्दै गएको सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । पछिल्लो १५ दिनको तुलनामा सुनको मूल्यमा झण्डै छ हजारले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५०० डलर नाघेको छ । 

    विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिनुभयो । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast