आईतवार, भाद्र ८, २०७६
    साहित्य

    गजल

    मंगलवार, २८ श्रावन २०७६, आहाखबर
    उसलाई रुखोपन भित्रबाट ममता अँगाल्नु छ  ।
    उसलाई स्थिर जर्जरबाट क्षमता अँगाल्नु छ ।।
     
    स्वार्थी अवसर जुटाउनमै तिमी अनि म लाग्दा । 
    उसलाई सर्वजन हितायरुपी अहमता अगाँल्नु छ ।।
     
    हामीले हाम्रो छोडी अन्त अन्तै बरालिँदा ।
    उसलाई आफ्नै सनातन मौलिकता अँगाल्नु छ ।। 
     
    अरुका लागि बनावटीपन दुनियाँ बनिदिँदा ।
    उसलाई भिज्दै प्रकृतिसँग रमिता अँगाल्नु छ ।।
     
    तिमी र म भाग्य पाइने बजार डुल्दै ठिक्क । 
    उसलाई शिखर चुम्न पौरखको लता अँगाल्नु छ ।।
     
    सरल , सौम्य , शीतल आदि , सोचाइ भन्दा पर हाम्रो ।
    उसलाई जटिलता भित्रबाटै सरलता अँगाल्नु छ ।। 
     
    — पुष्प राज ओझा
    गो.न.पा.—१, अत्तरिया , कैलाली
    सम्पर्कः ९८४८५२९६११
    इमेलः puspaojha18@gmail.com
     
     
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast