आईतवार, भाद्र १, २०७६
    सावधान

    न्युरोडकाे मिनी मार्केटमा भिषण आगलागी

    मंगलवार, २८ श्रावन २०७६, आहाखबर

    पोखरा, २८ साउन ।

    पोखराको न्युरोडस्थित भाटभटेनी सुपरमार्केट नजिकै रहेको नवदुर्गा फोम होउससहितको मिनि मार्केटमा भिषण आगलागी भएको छ। मंगलबार मिनिमार्केटभित्र रहेको खाजा पसलबाट आगो सल्किएर भिषण आगलागी भएको प्रारम्भीक अनुमान छ।

    आगलागीबाट मार्केटभित्र रहेका १२ वटा पसलमा क्षति पुगेको बताइएको छ। मिनिमार्केटभित्र आगो लागेका कारण नियन्त्रणमा लिन निकै गाह्रो भइरहेको छ। आगो नियन्त्रणका लागि पोखरा महानगरका चार वटा दमकल सहित २० भन्दा बढी ट्याङ्कर परिचालन गरिएका छन्।

    नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित सयौं सुरक्षाकर्मी आगोलागी भएको ठाउँमा पुगेका छन्। आगो लागेपछि न्युरोडमा ठूलो भिड छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast