आईतवार, भाद्र १, २०७६
    ब्राण्ड/संगठन

    सिभिल बैंकको नयाँ शाखा अब सुनसरीको दुहवीमा

    मंगलवार, २८ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, २८ साउन ।

    सिभिल बैंकले आफ्नाे शाखा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ ।'समृद्धिको लागिसिभिल बैंक' भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमाशाखा संचालनमा ल्याएको हाे ।

    सो शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगरप्रमुख बेद नारायण गच्छदारले गरे। उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा दुहवी नगरपालिकाका नगरप्रमुख बेद नारायण गच्छदारले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने बताए ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast