शनिबार, भाद्र ७, २०७६
    राज्य-समाज

    विरोध प्रदर्शन गर्न प्रधानमन्त्री निवास पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप

    मंगलवार, २८ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २८ साउन 

    विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले बुधबार प्रधानमन्त्री निवास बालुवाटरमा विरोध प्रदर्शन गरेका छन् ।

    आरक्षण बचाउ आन्दोलनको नेतृत्वमा भइरहेको आन्दोलनमा विभिन्न जातीय संघसंस्थाको साथ रहेको छ। आज बालुवाटार घेर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच केही समय झडप भएको थियो । 

    केही समय अवस्था असामान्य भएपनि हाल भने प्रदर्शनकारीहरु सडकमै बसेर धर्ना दिइरहेका छन् । लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरेको विज्ञापनविरुद्ध खारेज गर्दै आरक्षणसहित नयाँ विज्ञापन जारी नगरेसम्म आन्दोलन नरोकिने अभियन्ताले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast