सोमबार, असोज २७, २०७६
    सार्क

    कश्मिरका गभर्नरलाई राहुलको कडा जवाफ, 'यात्रा गर्ने विमान होइन, स्वतन्त्रता देउ'

    मंगलवार, २८ श्रावन २०७६, आहाखबर

    नयाँ दिल्ली, २८ साउन 

    जम्मू कश्मिरका गभर्नर सत्यपाल मलिकले केही दिन अघि  राहुललाई कश्मिरमा हिंसा भएको बारे बोल्नु अघि कश्मिरमा आउन भन्दै चाहिए विमानको व्यवस्था गरिदिने बताएका थिए । 

    तर, भारतीय कांग्रेसका नेता राहुल गान्धीले आफूलाई कश्मिरमा जना विमानको नभइ त्यहाँ यात्रा गर्ने स्वतन्त्रता आवश्यक रहेको बताएका छन् । 

    उनले भनेका थिए,'  मैले राहुल गान्धीलाई यहाँ आउन निमन्त्रणा गरेको छु। यहाँको अवस्था अवलोकन गर्न उहाँको लागि विमान पठाइदिनेछु । त्यस पछि मात्रै उनले बोले हुन्छ। तपाई जिम्मेवार व्यक्ति हो । यसरी जथाभावी बोलाउनु भएन।'

    उत्तरमा राहुलले ट्ववीट गर्दै लेखे,'  हामीलाई त्यहाँ आउन विमान चाहिँदैन। तर हामीलाई त्यहाँ यात्रा गर्न ,कश्मिरीसँग भेट्न स्थानीय नेता र सुरक्षाकर्मीसँग कुरा गर्न स्वतन्त्रता दिनुस् ।'

    कश्मिर अशान्त भएदेखि नै भारतीय कांग्रसका नेता गुलामनवी आजाद र भारतीय कम्युनिष्ट पार्टीका सिताराम यचुरी कश्मिरको श्रीनगर पुगेका थिए । तर , केन्द्र सरकारले उनीहरुलाई विमानस्थलबाटै नियन्त्रणमा लिएर दिल्ली फिर्ता पठाइदिएको थियो। राहुलले यही कारणले गभर्नरलाई घुम्ने वातावरणको सुनिश्चित गर्न भनेका हुन् । 

    गत हप्ता भारतको केन्द्र सरकारले जम्मू कश्मिरलाई विभाजन गर्दै वर्षौंदेखि पाइरहेको विशेषाधिकार खारेज गरे दखि कश्मिरमा कर्फ्यु लगाइएको छ । 

    इदका लागि क्फर्युबाट राहत दिइएपनि कश्मिरको ताजा अवस्था बारेमा केन्द्र सरकारले केही सार्वजनिक गरेको छैन । बीबीसी, रोयटर्स लगायतका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले गत शुक्रवार कश्मिरमा प्रहरी र सुरक्षाकर्मि बीच झडप भएको सार्वजनिक गरेपनि केन्द्र सरकार र गभर्नर मलिकले ती समाचारमा सत्यता नभएको दाबी गर्दै आएका छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast