शनिबार, भाद्र ७, २०७६
    आर्थिक खबर

    विद्यतु प्राधिकरणले एक वर्षमै कमायो ७ अर्ब २० करोड, चुहावट १५ प्रतिशतमा झर्‍यो

    मंगलवार, २८ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २८ साउन 

    गएको आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले  ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५–७६ मा ७ अर्ब २० करोड नाफा भएको बताउनुभयो । 

    आर्थिक वर्ष २०७४–७५ मा साढे २ अर्ब मात्र नाफा भएको थियो  । यो तुलना गर्दा २०७४–७५ मा भन्दा १४९ प्रतिशतले धेरै हो । यस्तै ब्याज र रोयल्टी गरी गएको आर्थिक वर्षमा प्राधिकरणले १५ अर्ब ५९ करोड रुपैयाँ राष्ट्रिय ढुकुटीमा जम्मा गरेको छ ।

    यस्तै चुहावट पनि १५.३२% मा झरेको छ । यो अघिल्लो वर्ष भन्दा ५.१३ प्रतिशतले कमी हो । आव २०७४–७५ मा चुहावट २०.४५% रहेको थियो ।

    यस्तै गत वर्ष ७ अर्ब ५५ करोड युनिट बिजुली खपत भएको छ  । यसमध्ये प्राधिकरणको ३४%,निजी उत्पादकको २९% र भारतबाट ३७ प्रतिशत आयात भएको छ । 

    यस्तै अहिलेसम्म ७८% अर्थात ४५ लाख नागरिकको घरमा बिजुली पुगेको छ । गत वर्ष मात्रै १०% ग्राहक बढेका छन ।कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब प्राधिकरणमा धेरै सुधार भएको र अब पछाडि नजाने बताउनुभयो ।
     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast