मंगलवार, भाद्र ३, २०७६
    खेल संसार

    अमेरिकी राजदूतावासले फेरि बोलायो सन्दीप लामिछानेलाई, दिन्छ त भिसा ?

    मंगलवार, २८ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, २८ साउन ।

    केही अघिमात्रै भिसा दिन अस्वीकार गरेको काठमाडौं स्थित अमेरिकी राजदूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा रिभ्यु गर्न पुनः बोलाएको छ। पुनः बोलाएपछि सन्दीपसँगै उनका व्यवस्थापक रमन सिवाकोटी हाल काठमाडौंस्थित अमेरिकी राजदूतावासमा पुगेका छन्। 

    अमेरिकाले मंगलबार बिहान अन्तर्वाता दिन गएका सन्दीपको भिसा अस्वीकार गरेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा अमेरिकाले भिसा नदिएको भन्दै दुखेसो पोखेका थिए। सन्दीपले ट्वीटमा लेखेका छन्, 'आउँदो क्यारिबियन प्रिमियर लिग९सीपीएल०(२०१९ का लागि आज९मंगलबार० म नेपालस्थित अमेरिकी राजदूतावासमा गएको थियो। राष्ट्रिय खेलाडीका रुपमा मैले २०१६ देखि विभिन्न विश्वका लिगमा सहभागिता जनाउँदै आएको छु। मेरो भिसा अस्वीकार हुँदा म ठूलो आश्चार्यमा परे।'

    'मसँग कुनै शब्द थिएन् र म हास्दै ती सबैकुरा हेरिरहेको थिए,' उनले थपेका छन्, 'मैले सम्पूर्ण आवश्यक कागजातहरु पूरा गर्दा पनि भिसा नपाउँदा आश्चार्यमा परे। खेलाडीका रुपमा यसले मलाई सीपीएलमा खेल्न समस्या पार्नेछ।'

    सन्दीपले ट्वीटमा नेपालस्थित अमेरिकी राजदूतावास, राजदूत एन्डी बेरी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतलाई मेन्सन गरेका थिए। 

    सन्दीपले यस सिजनको क्यारिबियन प्रिमियर लिग९सीपीएल०मा बार्बाडोस ट्रिडेन्ट्सबाट खेल्दैछन्। सीपीएल आगामी सेप्टेम्बर ४ तारिखबाट सुरु हुँदैछ। त्यसका लागि सन्दीप यही अगष्ट अन्तिम अथवा सेप्टेम्बर पहिलो साता वेष्ट इण्डिज उड्ने योजनामा थिए। 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast