शनिबार, भाद्र ७, २०७६
    राज्य-समाज

    सुनको नयाँ रेकर्ड : तोलाको ७१ हजार पुग्यो

    मंगलवार, २८ श्रावन २०७६, आहाखबर

    काठमाडौं,  २८ साउन ।

    एक महिनादेखि लगातार बढेकाे सुनकाे मूल्यले पुनः नयाँ रेकर्ड बनाएकाे छ । आज नेपाली बजारमा सुनकाे मूल्य बढेर प्रतिताेला ७१ हजार पुगेकाे छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार करिब एक सातादेखि स्थिर रहेको सुन मंगलबार १ हजार रुपैयाँले बढेर ७१ हजार पुगेको हो। यो सुनको मूल्यको नयाँ रेकर्ड हो। 

    सोमबार सुन तोलामा ७० हजारमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। १५ रुपैयाँले बढेर चाँदी तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast