काठमाडौँ, २८ साउन ।
क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए ।
तर अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।
भिसा अस्वीकृत भएपछि आफू अचम्ममा परेको सन्दीपले ट्विटरमार्फत जानकारी दिएका छन् । आवश्यक सबै कागजातहरु पेश गर्दा पनि भिसा अस्वीकृत भएको उनले उल्लेख गरेका छन् ।
भिसा स्वीकृत नभएपछि सिपिएल खेल्न जान आफूलाई गाह्रो भएको सन्दीपले बताएका हुन् ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com