शनिबार, भाद्र ७, २०७६
    राज्य-समाज

    अमेरिकी भिसा र ग्रिनकार्डमा थप कडाइ, सार्वजनिक भयो नयाँ नियम

    मंगलवार, २८ श्रावन २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौं, २८ साउन । 

    अमेरिकाले भिसा र ग्रिनकार्डमा थप कडाइ गर्दै नयाँ नीति ल्याउन लागेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको हो । 

    आप्रवासीहरु सार्वजनिक सुविधामा निर्भर हुनसक्ने सम्भावना देखिएमा सरकारले भिसा अवधि लम‍्ब्याउन र ग्रिन कार्ड प्रप्त गर्न दिएको निवेदन अस्विकार गर्न सक्ने नियम बनाउँदै छ ।

    नीतिले एकवर्षभन्दा बढी खानेकुरा, आवास तथा सरकारी सुविधा लिन सक्ने आप्रवासीलाई लक्षित गरेको छ  । आत्मनिरभर्ता बढाउन यो नियम ल्याउन लागिएको अधिकारीहरुले बताएका छन् ।

    सोमबार सङ्घीय रजिस्टरमा प्रस्तुत भएको 'पब्लिक चार्ज रुल' नामक नीति अक्टोबर १५ देखि लागु हुनेछ । 

    यो नीतिले आम्दानीको स्तर राम्रो नभएको र सरकारी सुविधामा निर्भर हुनसक्ने मानिसलाई अमेरिका प्रवेशमा बन्देज लाग्न सक्छ । तथा अमेरिकामा बसेर भिसाको अवधि लम्ब्याउन चाहनेको पनि निवेदन अस्वीकृत हुन सक्छ ।

    यो नियमअनुसार अमेरिकी मापदण्डअनुसार आय नभएका या सरकारी सहयोग जस्तै– खाद्यान्न, सरकारी अस्पताल, सरकारी आवास जस्ता सुविधा लिइरहेकाहरुलाई भविष्यमा अमेरिका प्रवेशमा कठिनाइ हुनसक्छ । हालको अवस्थामा अमेरिकामा बस्दै आएका सरकारी सुविधामा निर्भर रहेका आप्रवासीहरुको आवेदन खारेज हुने सम्भावना छ ।

    नागरिकताबिना अमेरिकामा बसिरहेका लगभग दुई करोड २० लाख मानिसलाई यो नियमले असर पार्न सक्नेछ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नीतिको बारेमा बताउँदै अमेरिकी नागरिकहरूको हित र सुरक्षा गर्न आप्रवासीहरू आर्थिक रूपमा आफैँ सबल हुनैपर्नै बताएका छन् ।

    आप्रवासी अधिकारका समर्थकहरुले भने उनको आलोचना गरेका छन् । उनीहरुले ट्रम्पको प्रशासनलाई मुद्दा हालेर नयाँ नीति रोक्ने प्रयास गर्ने बताएका छन् ।

    भिसा र ग्रिनकार्ड लिने आप्रवासीले पाउँदै आएको सहुलियत समेत कटौती हुनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast