शनिबार, मंसिर २१, २०७६
    विज्ञान/प्रविधि

    मिडियामा समान सहभागिता माग

    सोमबार, २७ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २७ साउन

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकार आदिवासी जनजाति, दलित, महिला र मधेशीलगायत उत्पीडित समुदायको अधिकारका निम्ति प्रतिबद्ध रहेको बताउनुभएको छ । 

    नेपाल आदिवासी जनजाति पत्रकार महासंङ्घ (फोनिज) को २०औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारको मूलधार नै समावेशीता र सहभागितामूलक शासन प्रणाली भएकाले ती समुदायका निम्ति सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गर्नुभयो । 

    सो अवसरमा फोनिजका अध्यक्ष डण्ड गुरुङले सबै ठाउँमा समान सहभागिताको माग फोनिजले गरिरहेकाले मिडिया नीति बनाउँदासमेत समान सहभागिता हुनुपर्ने माग गर्नुभयो । कार्यक्रममा पत्रकार गणेश राई, शोभा श्रेष्ठ, कौशल चेम्जोङ र राजबहादुर गुरुङलाई फोनिज सम्मान–२०७६ दिइएको थियो । 

    पुरस्कृत सबैलाई सम्मानपत्रसहित जनही रु २० हजार दिइएको छ ।  फोनिजका पूर्वपदाधिकारी तथा सदस्यलाई समेत सम्मान गरिएको थियो । ६० जिल्लामा शाखा रहेको फोनिजमा आठ जातीय पत्रकार संस्था आबद्ध छन् । देशभर करीब तीन हजार आदिवासी जनजाति पत्रकार फोनिजमा आबद्ध छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast