आईतवार, भाद्र ८, २०७६
    सावधान

    त्रिभुवन शिक्षण अस्पतालमा आगलागी

    सोमबार, २७ श्रावन २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौँ, २७ साउन

    त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो । 

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचाँै तलाको एक कोठामा आगलागी भएको जानकारी दिनुभयो । 

    आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका वृत्त प्रमुख प्रसाईँले बताउनुभयो । आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast