बिहिवार, मंसिर २६, २०७६
    स्वास्थ्य

    स्वास्थ्यमा सुधार आएपछि काङ्ग्रेसका नेता प्रकाशमान सिंह अस्पतालबाट ‘डिस्चार्ज’

    सोमबार, २७ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २७ साउन 

    नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । ‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा सङ्क्रमण देखिँदा गत सोमबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना हुनुभएका नेता सिंहको स्वास्थ्यमा सुधार आएपछि आज ‘डिस्चार्ज’ हुनुभएको उहाँका सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो । 

    नेता सिंहलाई डा मिमि गिरी नेतृत्वको टोलीले उपचार गरेको थियो । नेता सिंहलाई अझै केही दिन घरमा बसेर आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । 

    घर फर्कने क्रममा नेता सिंहले आफ्नो उपचारमा संलग्न चिकित्सकको टोली, अस्पताल व्यवस्थापन, आफ्नो स्वास्थ्यमा चासो राख्ने सम्पूर्ण शुभेच्छुकप्रति आभारसमेत प्रकट गर्नुभएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast