दाङ, २७ साउन
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोबिन्द आचार्यले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि महासङ्घ कटिबद्ध रहेको बताउनुभएको छ । रिपोटर्स क्लबले आज तुलसीपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक र नियुक्तिपत्र दिलाउन लागि आन्दोलन शुरु गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “श्रमजीवी पत्रकारलाई अधिकार दिलाउनका लागि ठूला सञ्चार गृहबाट आन्दोलन शुरु गर्छौ, यदि सञ्चार गृह बन्द भए पनि आन्दोलन रोकिने छैन् ।” अध्यक्ष आचार्यले पत्रकार आचारसंहिताप्रति प्रतिबद्ध रहन सबै पत्रकारलाई आग्रह गर्दै सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयकका बारेमा महासङ्घसँग भएको सहमतिअनुसार सरोकारवालासँग व्यापक छलफल परिमार्जन गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले सरकारले प्रदेश र स्थानीय तहसम्म सञ्चारसम्बन्धी कानून बनाउन जरुरी रहेकाले छिटो आवश्यक कानून बनाउन आग्रह गर्नुभयो ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com