शनिबार, मंसिर २८, २०७६
    राज्य-समाज

    वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले मंसीर १४ को उपनिर्वाचन बहिष्कार गर्ने

    सोमबार, २७ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २७ साउन

    मंसीर १४ गतेलाइ तोकिएको उपनिर्वाचन मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले बहिष्कार गर्ने निर्णय गरेको छ ।

    साउन २१ देखि २३ सम्म चलेको पार्टीको पोलिटब्युरो बैठकले संसदवादको भण्डाफोर गर्न उपर्युक्त देखिएकोले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

    महासचिव वैद्यले आइतबार विज्ञप्ति जारी गरेर उपनिर्वाचनको सक्रिय बहिष्कार गर्ने उल्लेख गरेका छन् । प्रतिनिधिसभा १, प्रदेशसभा ३ र स्थानीय तहसमेत गरी ३६ जिल्लाका ५० ठाउँमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

    ‘पोलिटब्युरो बैठकमा उपनिर्वाचनबारे छलफल भयो । सत्ता र व्यवस्था बदनाम हुँदै गएको अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिष्कार गरेर संसदवादको भण्डाफोर गर्न उपर्युक्त हुने भएकोले उक्त उपनिर्वाचनको सक्रिय बहिष्कार गर्ने निर्णय भएको छ,’ महासचिव वैद्यले भनेका छन् । यसअघि २०७४ सालमा भएको निर्वाचनमा देशभक्त गणतान्त्रिक मोर्चाबाट वैद्य नेतृत्वको माओवादी पनि चुनावमा भाग लिएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast