मंगलवार, असोज ७, २०७६
    बिदेश

    हङकङ विमानस्थलमा प्रदर्शन : सोमबारका सबै उडान स्थगित

    सोमबार, २७ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २७ साउन 

    सोमबार हङकङ विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएका छन् । प्रजातन्त्र पक्षधरहरुले विमानस्थलको मुख्य टर्मिनलमै आन्दोलन गर्न थालेपछि सबै उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

    विमानस्थलको आगमन कक्षमा हजारौँको संख्यामा प्रदर्शनकारी भेला भएपछि हङकङ विमानस्थलमा आउने र जाने सबै उडान स्थगित गरिएको हो । हङकङ विमानस्थल संसारकै व्यस्त विमानस्थलहरुमध्यको एक हो  । गएको जुनदेखि हङकङमा नयाँ सुपुर्दगी विधेयकलाई लिएर विरोध प्रदर्शन हुँदै आएको छ । 

    सरकारले विधेयक फिर्ता गरे पनि आन्दोलन भने थामिएको छैन । चीन सरकारले भने हङकङमा पछिल्ला दिनमा आन्दोलन हिंसात्मक भएको बताएको छ । चीन सरकारले हङकङको ‘हिंसात्मक आन्दोलन’लाई आतंककारी गतिविधिको संज्ञा दिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast