आईतवार, भाद्र २९, २०७६
    स्कुल-कलेज

    परीक्षा हलबाटै म्यासेन्जरमार्फत प्रश्नपत्र आउट

    सोमबार, २७ श्रावन २०७६, आहाखबर

    धनुषा, २७ साउन

    परीक्षा हलबाटै म्यासेन्जरमार्फत प्रश्नपत्र आउट भएकाे छ । एमबिएस परीक्षा हलबाटै प्रश्नपत्र आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका हुन् ।

    परीक्षा हलमा प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका-४ बाट सोही ठाउँ बस्ने ३० वर्षीय लिलाराज शिवभक्ति लगायत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

    राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी सोही ठाउँस्थित सुजित कुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराउँदै गरेको छ भन्ने खबर पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast