आईतवार, भाद्र १, २०७६
    विज्ञान/प्रविधि

    हिरोसिमामा खसेको बम भन्दा ३० गुणा बढी असर पार्ने पिण्डबाट जोगियो पृथ्वी !

    सोमबार, २७ श्रावन २०७६, आहाखबर

    वाशिङटन, २७ साउन । 

    आईफल टावर भन्दा पनि ठूलो एउटा क्षुद्रग्रह अर्थात् आकाशीय पिण्ड पृथ्वी नजिकैबाट गएको छ ।

    पृथ्वीको नजिकैबाट गुज्रिएको एउटा आकाशीय पिण्ड पृथ्वीसँग ठोक्किनबाट जोगिएको छ । सो पिण्ड ठोक्किएको भए पृथ्वीमा ठूलो क्षति हुन सक्ने अवस्था भएपनि पृथ्वी त्यसबाट जोगिएको छ । सो पिण्ड ठोक्किएको भए जापानको हिरोसिमामा खसेको बम भन्दा ३० गुणा बढी असर गर्न सक्ने अनुमान वैज्ञानिकहरुले गरेको न्युजवीकले जनाएको छ । 

    अब यो पिण्ड सन् २०२४ मा फेरि पृथ्वी नजिक आउन सक्ने जनाइएको छ । सो पिण्ड आइफल टावर भन्दा ठूलो रहेको थियो । 

    १० हजार ४ सय माइल प्रतिघण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट गएको हो । पृथ्वीदेखि ४.६ मिलियन माइलको दूरीमा हुँदै उक्त पिण्ड आफ्नो कक्षमा गएको थियो ।  यो आकशीय पिण्डको नाम २००६ क्यूक्यू २३ रहेको वैज्ञानिकहरुले जनाएका छन् । सन् २००६ को अगस्टमा यो पिण्डको पहिचान भएको हो ।

    सो पिण्ड पृथ्वीमा ठोक्किएको भए आणविक बम भन्दा पन शक्तिशाली हुने अनुमान वैज्ञानिकहरुले गरेका छन् । अमेरिकी अन्तरिक्ष संस्था (नासा)का अनुसार उक्त पिण्ड पृथ्वीमा खसेको भए कम्तिमा १३ लाख मानिस मारिन सक्थे । 

    ६ करोड ६० लाख वर्ष अघि आकशीय पिण्ड खसेकै कारण पृथ्वीमा महाप्रलय भएको र सोही समयमा डाइनोसोरलगायतका जीव लोप भएको मानिने गरेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast