बुधबार, कार्तिक ६, २०७६
    मुभी-थिएटर

    करोड क्लबमा चलचित्र 'साइनाे', ३ दिनमै कमायाे ७० लाख

    सोमबार, २७ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २७ साउन ।

    शुक्रबारदेखि प्रदर्शनरत चलचित्र साइनो करोड क्लबमा पुग्न लागेको छ। फिल्मले ३ दिनमा गरेकाे व्यापारले  यो संकेत गरेको हो। 

    फिल्म वितरक ब्यांकेटसका अनुसार साइनोले तीन दिनमा देशभरबाट ७० लाखको हाराहारी कलेक्सन गरेको छ। नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनो अहिले देशभरका ६ दर्जनभन्दा बढी हलमा प्रदर्शन भइरहेको छ। पहिलो दिन औसत कलेक्सन गरे पनि दोस्रो दिन शनिबार भने साइनोले उत्साहजनक व्यापार गरेको थियो।

    काठमाडौं उपत्यकाका गोपीकृष्ण चाबहिल, अष्टनारायण बालाजु, गुण सिनेमा ग्वार्को तथा अन्य मल्टिप्लेक्स हलमा समेत साइनोले राम्रो व्यापार गरेको छ। उपत्यका बाहिरका चितवन, नेपालगन्ज, बुटवल, धरान, पोखरा, दमक, बिर्तामोडलगायतका स्थानमा पनि साइनोले राम्रो व्यापार गरेको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast