मंगलवार, कार्तिक ५, २०७६
    विज्ञान/प्रविधि

    एप्पल आइफोन असुरक्षित बन्दै, दुई मिनेटमै ह्याक हुन सक्छ फेसआइडी

    सोमबार, २७ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २७ साउन ।

    एप्पलको आइफोनका सबैभन्दा महत्वपूर्ण फिचर फेस आइडी सबैभन्दा असुरक्षित बन्दै गएको छ । एक रिसर्चका अनुसार एप्पल डिभाइसको यस फेस आइडी फिचरमा एउटा त्यस्तो ‘बग’ छ जसका कारण एप्पलको फेस आइडी कालो टेप र चश्माको मद्धतले अनलक गर्न सकिन्छ । 

    चीनको रिसर्च कम्पनी टेनसेन्टका अनुसन्धानकर्ताहरुले ब्याक ह्याट सेक्युरिटी कन्फ्रेन्सका समयमा एप्पलको फेस आइडी फिचरमा रहेको बगको लाइभ देखाइएको थियो । 

    सोधकर्ताहरुका अनुसार २ मिनेटमै आइफोन ह्याक गर्न सकिन्छ । कन्फ्रेन्सका क्रममा आइफोनको लक खोलेर देखाइएको थियो । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast