शनिबार, मंसिर २१, २०७६
    स्वास्थ्य

    प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट सकारात्मक

    सोमबार, २७ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २७ साउन । 
    नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली  सोमबार स्वदेश फर्कदै छन् । सोमबार अपराह्न थाइ एयरलाइन्सबाट उनी काठमाडौं फर्किने बताइएको छ ।

    यसअघि ओली आइतवार स्वदेश फर्कने तयारीमा थिए । तर, स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट आउन समय लागेपछि उनको सिंगापुर बसाई लम्बिएको हो । 

    स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट सकारात्मक भएको पाइएपछि प्रधानमन्त्री सोमबार दिउँसो स्वदेश फर्कने उनका प्रेस संयोजक डा. कुन्दन अर्यालले जानकारी दिए । 

    १३ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरेपछि ओली विगतमा पनि स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने गर्थे । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast