शनिबार, मंसिर २१, २०७६
    कला-सौन्दर्य

    बलिउड

    कृति सेननको गुनासो : वरूणले मलाई कसैसँग डेट गर्न दिदैंनन् !

    आईतवार, २६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २६ साउन

    बलिउड अभिनेत्री कृति सेनन सिनेमाबाट उनले प्रशंसा बटुलेकी छन् सिनेमाका बारेमा सुखद् समाचार सुनिरहेकी कृतिले डेटिङ जान नपाएको गुनासो गरेकी छन्। 

    उनले आफूलाई इच्छा भए पनि अभिनेता वरूण शर्माका कारण कोहिसँग डेटिङ जान सम्भव नभएको खुलासा गरेकी हुन्।उनले शर्मा आफूलाई लिएर एकदमै रक्षात्मक रहेकाले डेटिङ जान नपाएको बताउँछिन्।

    ‘वरूण मलाई लिएर एकदमै रक्षात्मक छन् र उनले मलाई कहिले कसैलाई डेट गर्न दिने छैनन्’, कृतिले गुनासो गर्दै भनिन्। यसैगरी उनले भोलिका दिनमा कसैलाई डेट गरेपनि त्यसलाई सार्वजनिक नगर्ने पक्षमा आफू रहेको बताइन्। 

    उनका अनुसार यसको जानकारी केबल उनका नजिकका व्यक्तिहरूलाई हुनेछ किनकी उनी आफ्नो प्रेमका बारेमा कोही अन्जान व्यक्तिबाट धारणा चाहनन्। ‘अर्जुन पटियाला’पछि कृति अक्षयकुमारको ‘हाउसफुल ४’मा देखिनेछिन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast