आईतवार, भाद्र १, २०७६
    विज्ञान/प्रविधि

    फेसबुकले न्युज ट्याब ल्याउँदै, के हो न्युज ट्याब ?

    आईतवार, २६ श्रावन २०७६, आहाखबर

      काठमाडौँ, २६ साउन 

    फेसबुकले पठनीय सामाग्री मात्र प्रकाशित गर्नका लागि यसैवर्ष न्युज ट्याब फिचर ल्याउने भएको छ । सीएनइटीका अनुसार विश्वलाई समाचार र सूचनामूलक सामाग्री प्रदान गर्नका लागि फेसबुकले न्युज ट्याब ल्याउन लागेको हो ।

    फेसबुकले आफ्नो न्युज ट्याबमा गुणस्तरीय समाचार तथा समाग्री प्रदान गर्नका लागि एबीसी न्युज तथा वासिङ्टन पोस्टजस्ता विश्वसनीय संचारमाध्यमसँग सहकार्य गर्ने प्रयास गरिरहेको द वाल स्ट्रिट जर्नलले जनाएको छ ।

    फेसबुकले प्रकाशकसँग ३० लाख अमेरिकी डलरको प्रस्ताव गरेको पनि जनाइएको छ। यस न्युज ट्याब फेसबुकभित्रको एक हिस्सा हुनेछ । न्युज ट्याब प्रयोगकर्ताले निशुल्क प्रयोग गर्न सक्नेछन्। फेसबुकमा मिश्रित किसिमका सामाग्री पाइन्छन्। विभिन्न पेज तथा ग्रुपका कारण फेसबुकले गुणस्तरीय सामाग्री भुल्दै गएको आरोपकाबीच फेसबुकले न्युज ट्याब लन्च गर्न लागेको हो । यहाँ गुणस्तरीय सामाग्रीमात्र पाइने छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast