आईतवार, भाद्र ८, २०७६
    सावधान

    प्रदेशसभा सांसद न्युरोडमा लुटिएपछि...

    आईतवार, २६ श्रावन २०७६, आहाखबर
    फाइल फोटो

    काठमाडौँ, २६ साउन 

    प्रदेश नं. ३ कि प्रदेश सांसद भावना सुवेदी न्यूरोडमा लुटिएकी छन् । सुवेदीसँगै रहेकी सावित्री आचार्यका अनुसार सडकमा हिँडिरहेका बेला अज्ञात व्यक्तिले पर्स तानेर भागेका छन् ।

    उनले ती व्यक्तिको अनुहार समेत पहिचान गर्न नसकेको बताइन् । ‘माननीयज्यू र मसँगै थियौं । झोलामा हात हानेर पर्स झिकेछ’, उनले अनलाइनखबरसँग भनिन्, ‘मान्छे कता गयो, के भयो केही थाहा भएन ।’

    पर्समा ७ हजार रुपैयाँ र केही महत्वपूर्ण परिचय पत्र भएको जनाइएको छ । हालसम्म घटनाबारे प्रहरीलाई खबर नगरिएको उनले बताइन् । ‘कता गर्ने के गर्ने, सोधिखोजी गरिरहेका छौं’, उनले भनिन् । चितवन घर भएकी सुवेदी सत्तारुढ नेकपाको तर्फबाट समानुपातिक पद्धतिबाट सांसद बनेकी थिइन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast