आईतवार, भाद्र १, २०७६
    कला-सौन्दर्य

    रजनीकान्तले भने - मोदी र अमित शाहको जोडी भगवान कृष्ण र अर्जुन जस्तो

    आईतवार, २६ श्रावन २०७६, आहाखबर

    एजेन्सी, २६ साउन ।

    बलिउडमा जमेका सुपर स्टार अभिनेता रजनीकान्तले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जोडी भगवान कृष्ण र अर्जुनको जस्तै रहेको बताएका छन् ।

    जम्मू–कश्मीरलाई विशेष राज्यको हैसियत प्रदान गर्ने संविधानको धारा ३७० खारेज गर्ने निर्णयप्रति मोदी र अमित शाहलाई बधाई ज्ञापन गर्दै रजनीकान्तले यस्तो बताएका हुन् ।

    ‘जम्मू कश्मीर मिसनमा म मोदी र शाहलाई बधाई ज्ञापन गर्न चाहन्छु, यसबारे संसदमा उनीहरुले दिएको मन्तव्य गजबकाे थियो, अमित शाह र मोदीको जोडी भगवान कृष्ण र अर्जुन जस्तै हो’, रजनीन्कान्तले भनेका  छन् ‘काे कृष्ण र को अर्जुन भन्ने कुरा उनीहरु आफैले जानुन्, म आगामी दिनमा पनि यो महत्वपूर्ण कदमले सफलता प्राप्त गरोस् भनि शुभकामना दिन चाहन्छु।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast