आईतवार, भाद्र ८, २०७६
    सावधान

    भक्तपुरमा भयानक दुर्घटना, एउटा बसले दियो ३ बसलाई ठक्कर, १५ यात्रु घाइते

    आईतवार, २६ श्रावन २०७६, आहाखबर

    भक्तपुर, २६ साउन

    भक्तपुरको गठ्ठाघरमा आकासे पुल नजिकै एउटा बसले तीनवटा बसलाई ठक्कर दिदा बसमा सवार १५ जना घाइते भएका छन् । 
     
    काठमाडौंबाट  सिन्धुली जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले अन्य बा ३ ख ७०९३, ना ६ ख ७१८५ र बा ५ ख ४०२९ नम्बरको दुई वटा बसले  ठक्कर दिएको हो ।
     
    घाइतेमध्ये ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने अन्यको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालकको लापरबाहीले दुर्घटना भएको देखिएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाकरी दिएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast