बिहिवार, मंसिर २६, २०७६
    खेल संसार

    केनले ४ मिनेटमै २ गोल गरे, टोटनह्यामको विजयी सुरुवात

    आईतवार, २६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २६ साउन । 

    टोटनह्याम हट्सपरले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा टोटनह्यामले यसै सिजन च्याम्पियनसिपबाट बढुवा भएर आएको एन्टन भिल्लालाई ३–१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।

    उसको जितमा ह्यारी केनले खेलको अन्तिम ४ मिनेटमा दुई गोल गरेका थिए । लन्डनस्थित टोटनह्याम हट्स्परको मैदानमा भएको खेलमा अग्रता भने एस्टन भिल्लाले लिएको थियो ।

    खेलको ७३ औं मिनेटमा टानगोए एनडोम्बेलेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

    खेल सकिन ४ मिनेट बाँकी छँदा स्ट्राइकर ह्यारी केनले अग्रता दिलाए भने चार मिनेटपछि नै केनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्याम विजयी भयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast