शनिबार, श्रावन ३२, २०७६
    बिदेश

    पेट्रोल बोकेको ट्यांकर विस्फोटमा ६० जनाको घटनास्थलमै मृत्यु

    आईतवार, २६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २६ साउन । 
    पेट्रोल बोकेको ट्यांकरमा आगलागी हुँदा तान्जानियामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ। देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्यांकरबाट चुहिएको तेल स्थानीय बासिन्दाले थापिरहेका बेला आगलागी भएर विस्फोट हुँदा उनीहरूको मृत्यु भएको हो। पेट्रोल बोकेको ट्यांकर पल्टिएर विस्फोटन भएको थियो। ट्यांकरबाट चुहिरहेको पेट्रोल स्थानीय बासिन्दाले थापिरहेका थिए।

    घटनास्थल राजधानी दार ए सलामदेखि २ सय किलोमिटर टाढा पर्दछ। प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र ७० भन्दा बढी जलेर घाइते भएका छन्। उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ। ‘हामी एकदमै हतारमा छौँ, अहिले खोजी तथा उद्धारमा लागिरहेका छौँ’, प्रहरीले बताए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast