सोमबार, भाद्र २, २०७६
    लाइफस्टाइल

    राति सुत्नुअघि यस्ता कार्य गर्दा स्वास्थ्यमा यति ठूलाे फाइदा, आजैबाट सुरू गराैँ

    शनिबार, २५ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २५ साउन 

    सुत्नु अघि नुहाउने बानी राख्नु भएको छ ? सम्भवत नहोला । भएपछि त राम्रो । 

    तर यो कुरा भन्दा पहिले तपाई एउटा कुरा थाहा पाईराख्नुहोस् । तातोपानीले नुहाउँदा रक्तसञ्चार सुरुमा केही बढी हुन्छ, तर पछि मन्द हुन्छ । तर चिसो पानीले नुहाउँदा रक्तसञ्चार सुरुमा मन्द र पछि केही बढी हुन्छ । त्यसैले चिसो पानीले नुहाउनु राम्रो हुन्छ ।

    त्यसैले सबैभन्दा पहिले सुहाउनको लागि चिसो पानी रोज्नुहोस् । चिसो पानीले दिमागलाई ठण्डा बनाएर राख्न मद्धत गर्ने आयुर्वेदिक दृष्टि छ । यदि दिन चिसो पानीले नुहाएर सुरु हुन्छ भने दिनभर नै ताजा महसुस हुन्छ । यसका साथै शारीरिक सौन्दर्य पनि कायम रहने हुन्छ ।

    एउटा महत्पवूर्ण कुरा, राती सुत्नुअघि नुहाउनु हो । राती सुत्नुअघि नुहाउनाले हामीलाई हुने फाईदाहरु के–के छन् त ? हेर्नुहोस् हामीले तल उल्लेख गरेका छौँ ।

    १. राती सुत्नुअघि नुहाएमा दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ । सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान पनि ठीक रहन्छ ।

    २. यदि तपाईमा मोटोपना छ भने सुन्तुअघि नुहाउनु भयो भने क्यालोरी खपत भएर सजिलै तौल कम गर्न सकिन्छ ।

    ३. चिसो पानीले नुहाएमा कपाल राम्रो हुन्छ र छाला चमकदार बन्छ । गालामा डन्डीफोर छन भने पनि चिसो पानीले नुहाउनुपर्छ । यसबाट छाला रुखो हुनबाट बच्छ ।

    ४. चिसो पानीले नुहाउनले रोगप्रतिरोधी क्षमता बढ्छ र रक्त सन्चार पनि राम्रो हुन्छ । तातो पानीले नुहाउँदा माइग्रेनको समस्या पनि हट्ने हुन्छ ।

    ५. एक अध्ययन अनुसार नुहाउँदा मुड फ्रेस हुन्छ । अल्छीपना हटाउने यो सबैभन्दा राम्रो तरिका हो ।

    ६. तातोपानीले भरिएको टबमा दिनहुँ १५ मिनेट नुहाएमा उच्च रक्तचापमा कमी आउँछ ।

    ७. रातको समय नुहाउँदा दिनभरको धुलोमाटो र मैले सफा हुन्छ । दिनभरिको फोहर लिएर सुत्दा तपाईंको निद्रामा समस्या आउन सक्छ । यसैगरी छालासँग सम्बन्धित एलर्जी पनि हुन सक्छ । त्यसैले राति सुत्नुअघि नुहाउनु राम्रो हुन्छ।

    ८. तातोपानीमा नुहाएमा ब्लड सुगरको स्तर कम हुने अमेरिकन डाइबिटिक एशोसियसनले देखाएको छ । यसले राती राम्रो निन्द्रा पनि लाग्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast