काठमाडौं, २५ साउन
पाकिस्तानी गायक आतिफ अस्लम पाकिस्तानमा जति चर्चित छन् बलिउडमा पनि उनको चर्चा उत्तिकै छ।
भारतीय गायक जत्तिकै उनको माग भारतीय बजारमा छ। तर पछिल्लो समय उनी विवादमा परेका छन्। भारतले आफ्नो संविधानको धारा ३७० हटाएर जम्मु कस्मिरलाई प्रदान गरेको विशेषाधिकार हटाएको छ। जम्मु कस्मिरमा मुस्लिम बाहुल नागरिक बसोबास गर्दछन्।
पाकिस्तानले भारतको यस कार्यको निन्दा गरेको छ। पाकिस्तानले यस कार्यको निन्दा गरेसँगै गायक आतिफ अस्लमले पनि भारतविरोधी अभिव्यक्ति दिएका छन्। यससँगै उनको आलोचना चर्को रुपमा भएको छ।
मानिसहरुले बलिउडमा आतिफ अस्लमको भविष्य समाप्त भएको टिप्पणी गरिरहेका छन्। आतिफले ट्वीटमा कस्मिरी जनतामाथि भइरहेको भारतीय सरकारको हिंसा र अत्याचारको विरुद्ध आफू भएको बताएका छन्।
बलिउडमा आतिफ अस्लमले तेरा होने लगा हुँ, पेहेली नजरमे, तेरेसँग यारा, बे इन्तहा, तेरेबिन, मे रंग सर्वतोका, पिया ओरे पिया, तुजाने ना लगायतका दर्जनौं चर्चित गीत गाइसकेका छन्।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com