बिहिवार, असोज ३०, २०७६
    विज्ञान/प्रविधि

    म्हैपी क्षेत्र वरपर ३३ सिसी क्यामरा जडान

    शनिबार, २५ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २५ साउन

    काठमाडौँ महानगरपालिका–१६ म्हैपी मन्दिर वरपरको क्षेत्रमा ३३ सिसी क्यामरा जडान गरिएको छ । 

    प्रदेश–३ सरकारको रु ५० लाख आर्थिक सहयोगमा म्हैपी मन्दिर परिसरभित्र शौचालय तथा म्हैपी क्षेत्र वरपरका ३३ मुख्य मुख्य चोकमा सिसी क्यामरा जडान गरिएको हो । सिसी क्यामरा तथा नवनिर्मित शौचालयको आज म्हैपी मन्दिर परिसरमा एक कार्यक्रमका बीच काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो । 

    कार्यक्रममा महानगरपालिका प्रमुख शाक्यले शान्त र सुरक्षित महानगर निर्माणका लागि सिसी क्यामरा जडानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “सुरक्षित महानगरपालिका बनाउन काठमाडौँँँ महानगरपालिकाले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नेपाल प्रहरीलाई रु पाँच करोड रु ८१ लाख आर्थिक सहयोग गरेको छ”, उहाँले भन्नुभयो । 

    म्हैपी क्षेत्रको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले यसभन्दा पहिला पनि रु एक करोड आर्थिक सहयोग गरेको उहाँको भनाइ थियो । 

    काठमाडौँ क्षेत्र नं ७ प्रदेश (क) का सांसद वसन्त मानन्धरले म्हैपी क्षेत्रको संरक्षणमा चुनौती बढ्दै गएकाले प्रदेशसभाले म्हैपी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । 

    “प्रदेश सरकारले मूर्त सम्पदाको साथसाथै अमूर्त संस्कृतिको जर्गेनाको लागि पनि विशेष प्राथमिकता दिएर काम गरिरहेको छ”, उहाँले भन्नुभयो । म्हैपी, नयाँबजार, विष्णुमति पुल, मनाङ गेटलगायत क्षेत्रमा सिसी क्यामरा जडान गरिएको उहाँको भनाइ थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast