सोमबार, असोज २७, २०७६
    सार्क

    कर्फ्यू उल्लंघन गर्दै कश्मीरमा प्रदर्शन, सरकारविरुद्द ओर्लिए सोझा सर्वसाधारण !

    शनिबार, २५ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २५ साउन

    भारत प्रशासित कश्मीरका साथै जम्मूको पुन्छ, राजौरी, डोडा र किश्तवाड इलाकामा सरकारले ६ दिनदेखि धारा १४४ लागू गरेको छ ।

    सरकारले धारा १४४ अनुसार नै रोक लगाइएको बताएपनि अवस्था कर्फ्यू जस्तै छ । सरकारले केही स्थानमा ईदमा प्रतिबन्ध हटाउने बताएको छ । तर विरोध प्रदर्शन भइरहेको स्थानहरुमा कायमै रहनेछ ।

    श्रीनगरको सौरा इलाकामा विरोध प्रदर्शन भइरहेको छ । सरकारले सानो संख्यामा प्रदर्शन भनेपनि त्यहाँको अवस्था अर्कै छ । ठूलो संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी भएका छन् । सुरक्षा बलले भिडलाई तितरवितर पार्न फायरिङ पनि गरेको छ । गोली लागेर केही मानिस घाइते पनि भएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast