शनिबार, श्रावन ३२, २०७६
    बिदेश

    चीनमा आएकाे शक्तिशाली आँधीबाट १३ जनाको मृत्यु, १६ वेपत्ता

    शनिबार, २५ श्रावन २०७६, आहाखबर

    बेइजिङ, २५ साउन ।

    शनिबार बिहान चीनको पूर्वी क्षेत्रमा शक्तिशाली आँधी आएकाे छ । उक्त आँधीबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ। 

    चीनको पश्चिमी क्षेत्रमा आएको लेकिमा नामक तुफानबाट १३ जनाको मृत्यु हुनुका साथै अरु १६ जना भन्दा धेरै वेपत्ता भएको अधिकारीहरुले जनाएका छन्।

    आँधीसँगै वर्षा पनि भएको थियो भने आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको छ। अधिकारीहरुले हजारौं रुख ढलेको र दश लाखभन्दा बढी स्थानीय बासिन्दा घर बाहिर रहेको बताएका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast