सोमबार, भाद्र २, २०७६
    कृषि-उर्जा

    बिजुली र तेल आयातमै २ खर्ब जान्छ, ऊर्जामा आत्मनिर्भर बने अर्थतन्त्र बलियाे हुन्छ : वर्षमान पुन

    शनिबार, २५ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २५ साउन ।

    ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनले ऊर्जा क्षेत्र नै नेपालको समृद्धिको आधार भएको बताएका छन् ।एआईटी एल्मुनाई एशोसिएसन अफ नेपालद्वारा राजधानीमा आयोजित एकदिवसीय गोष्ठीमा सो कुरा बताएका हुन्।

    मन्त्री पुनले हाम्राे व्यापार घाटाको महत्वपूर्ण अंश ऊर्जा आयातले ओगटेको बताए । 'बितेको आर्थिक वर्षमा मात्रै २३ अर्बको विद्युत आयात भएको छ' उनले भने, 'करिब २ खर्बको पेट्रेलियम पदार्थ आयात भएको छ । विद्युत आयातलाई प्रतिस्थापन गर्न सकियो र यातायात क्षेत्रमा प्रयोग हुने पेट्रेलियमलाई विद्युतीय सवारी साघनको प्रयोगमार्फत घटाउन सकियो भने नेपालको अर्थतन्त्र धेरै बलियो बन्नेछ ।’

    पुनले विगत बर्षहरुमा नेपालमा खनिज तेलको आयातको वृद्धिदर १७ प्रतिशतसम्म पुगेको बताउँदै भने, ‘विद्युतको भरपर्दो आपूर्ति भएपछि यसको वृद्धिदर घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो ५ प्रतिशतमा आएछ । तैपनि पेट्रोलियम पदार्थ आयातमा हामीले २ खर्ब भन्दा बढी खर्च गरेका छौँ ।’

    उनले ऊर्जा निर्यात आरम्भ भैसकेको बताउँदै अघिल्लो आर्थिक वर्ष ७ करोड जतिको निर्यात गरेको समेत बताए । यही सिजनमा मात्रै ५० करोड जतिको बिजुली भारत बिक्री गरेको उनको दाबी छ । 

    उनले उर्जा क्षेत्रको विकासको लागि नीतिगत स्पष्टता आइसकेको बताउँदै भने, ‘जलस्रोतको धनी भएकोले हाम्रो ऊर्जाको मूलाधार जलविद्युत हो, तर हामीले वैकल्पिक धारलाई पनि सँगै विकास गर्ने नीति लिएका छौँ । सौर्य र वायु ऊर्जाबाट ५ देखि १० प्रतिशत, जलविद्युतमा पनि ३० प्रतिशत नदी प्रवाहमा आधारित, ३० प्रतिशत जलाशययुक्त नदी प्रवाह र २५ प्रतिशत जलाशययुक्त आयोजनाहरुको विकास गर्ने नीति, रणनीति, योजना र कार्यक्रम तयार भएर कार्यान्वयन थालिएको छ ।’


    मन्त्री पुनले राजनीतिक स्थायित्व कायम भएकोले ऊर्जा विकासको क्षेत्रमा काम गर्ने अनुकूल वातावरण सिर्जना भएको पनि दाबी गर्नुभयो ।

    कार्यक्रमको उद्घाटन शत्रमा ऊर्जा सिंचाई र जलस्रोत मन्त्रालयका वरिष्ठ ईन्जिनियर सागर गौतमले ऊर्जा विकासमा सरकारको सोच र कार्यशैली, प्राध्यापक राममनोहर श्रेष्ठले ऊर्जाको विकासमा लिएको गति र दिशा, एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा। विन्दुनाथ लोहनीले ऊर्जा क्षेत्रको विकासका निमित्त उपलब्ध वित्तीय औजार र वित्तीय मोडलहरुको बारेमा प्रस्तुति दिनुभएको थियो ।


    कार्यक्रमको दोस्रो शत्रमा इसिमोडका डा। अरुणभक्त श्रेष्ठले जलवायु परिवर्तन र यसले नेपालसहित हिन्दकुश हिमालय क्षेत्रको जलस्रोतमा पारेका प्रभावको बारेमा, डा। दिवस बस्न्यातले नेपालको जलस्रोतको क्षेत्रमा जलवायु परिवर्तन र अन्य अनिश्चितताको अनुकूलताका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रमको तेस्रो शत्रमा इञ्जिनियर राधेश पन्तले आयोजनामा वित्तीय सहयोग र सरोकारवालाको प्रतिबद्धताको बारेमा, प्राध्यापक शोभाकर ढकालले भुटान, बंगालादेश, भारत र नेपाल९बीबीआईएन० क्षेत्रमा अन्तरदेशीय विद्युत व्यापारका विषय र अवसरका बारेमा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले क्षेत्रीय विद्युत व्यापारको लाभ अत्यधिकीकरण गर्ने नेपालको अवसर स् वर्तमान परिदृष्य र भावि संभावनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रमको समापन शत्रमा सामूहिक छलफल आयोजना९प्यानल डिस्कसन० गरिएको थियो, जसमा विद्युत नियमन आयोगका अध्यक्ष ई। डिल्लीबहादुर सिंह, विद्युत विकास विभाका महानिर्देशक मधुप्रसाद भेटुवाल, वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालका उपाध्यक्ष कुमार पाण्डे, ऊर्जा विकास परिषद् नेपालका अध्यक्ष सुजित आचार्य र डोल्मा हिमालयन इनर्जिकाका कार्यकारी निर्देशक डा। सन्दीप शाहले जलविद्युत र वैकल्पिक ऊर्जाका सौर्य तथा वायु ऊर्जाको विकासका विविध पक्षमा प्रकाश पार्नुभएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast