बिहिवार, कार्तिक ७, २०७६
    साहित्य

    साहित्यिक पत्रिकाको पहिलो अङ्क पाँच हजार प्रतिसहित बजारमा

    शनिबार, २५ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, २५ साउन ।

    साहित्यिक पत्रिकाको वितरण चुनौतीपूर्ण देखिएका बेला नवप्रकाशित ‘शमी’ साहित्यिक मासिक पत्रिका पहिलो अङ्क नै पाँच हजार १०० प्रतिसहित बजारमा आएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विमोचित सो पत्रिका ‘शमी साहित्य प्रतिष्ठान’ले बजारमा ल्याएको हो । सातै प्रदेशमा बजार प्रवद्र्धक राखेर विज्ञापन सङ्कलन र बजार प्रवद्र्धन तथा विशिष्ट एवम विविध रचना समावेशको लक्ष्यसहित पत्रिका प्रकाशन गरिएको प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए ।

    पहिलो अङ्कमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीको व्यक्तित्व र कृतित्वबारे समालोचना तथा अन्य विधाका रचना समावेश छन् ।

    नेपाली पत्रकारिताको थालनी साहित्यिक पत्रिकाबाटै भएको हो । पत्रिकाको प्रधानसम्पादक प्रदीप नेपाल र कार्यकारी सम्पादक लव गाउँले छन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast