काठमाडौँ, २५ साउन ।
एलिजा कटुवाल २०५० सालमा जन्मिएकी हुन् । उनी फेसन डिजाइनर र ग्ल्याल्मर क्षेत्रमा जम्न चाहन्छिन् । उनी नेपालका रमणीय क्षेत्रमा पनि घुम्न चाहन्छिन् । उनी ब्वाइ फ्रेन्डले धोका दिए अर्को खोजेर विवाह गर्ने बताउँछिन् । उनीसँग प्रेम, विवाहलगायतका विषयमा राजधानीका भवनाथ प्याकुरेलले गरेको कुराकानीको सम्पादित अंश ।
यही क्षेत्र किन रोजियो ?
म काठमाडौं आएको सात वर्ष भयो । काठमाडौंको रहनसहन र यहाँको फेसन देखेर मलाई पनि मोडल बन्न मान लाग्यो । यो क्षेत्रमा लागेपछि मलाई धेरै मानिसले चिन्छन् । त्यसैले म यस क्षेत्रमा लागेकी हुँ । अहिले म्युजिक भिडियो खेलिरहेकी छु ।
कस्तो मान्छे बन्ने चाहना छ ?
मैले ग्ल्यामर क्षेत्रलाई सहायक र फेसन डिजाइनरलाई मुख्य पेसा बनाउने उद्देश्य राखेर काम गरिरहेको छु । त्यसका साथै समाजसेवा गर्न चाहन्छु । मलाई वृद्धहरूलाई खान दिन र अनाथ बालबालिकालाई सहयोग गर्न असाध्यै मन लाग्छ ।
ग्ल्यामर क्षेत्रप्रति अरूको दृष्टिकोण कस्तो पाउनुभएको छ ?
यो क्षेत्रमा लागेका लागि मानिसले विभिन्न दृष्टिले हेर्ने गरेका छन् । मेरो परिवारले यस क्षेत्रलाई राम्रा मान्नुहुन्छ । सबैले नराम्रो सोच्दैनन् । केहीले राम्रो मानेन भन्दैमा सबैले नराम्रो मान्नुहुँदैन । राम्रो र नराम्रो भएर नाम कमाउनु मानिसको स्वभावै हो ।
तपाईंको मुख्य रुचि केमा छ ?
फेसन डिजाइन । यसमै भविष्य खोज्न चाहन्छु । अन्य रुचि केही पनि छैन । म ग्ल्यामरलाई सहायक पेसाका रूपमा लिन्छु ।
तपाईंलाई आफ्नो शरीरको कुन भाग मनपर्छ ?
प्रायः आँखा, ब्रिफ नाक, फिगर, फेस ।
‘प्रपोज’ गर्ने कति आए ?
१० जना जति । कसैले डाइरेक्ट त कसैले फेसबुकमा म्यासेजमार्फत प्रपोज गर्छन् ।
त्यस्तो प्रपोजलाई कस्तो जवाफ हुन्छ ?
म रिप्लाई नै गर्दिनँ । मेरो आफ्नै ब्वाईफ्रेन्ड छ । तपार्इं मेरो हुन सक्नुहुन्न भन्छु । उनीहरू निराश हुन्छन् ।
ब्वाइ फ्रेन्ड परिवर्तन गर्नेलाई के भन्ने ?
सकेसम्म परिवर्तन नगर्नु नै राम्रो हो । मन नपर्नेले गर्छन् । त्यसमा मेरो भन्नु केही छैन । कसैको बाध्यता पनि हुने गर्छ । उनीहरूबीच कुरा नमिल्न परिवर्तन गर्न पनि सकिन्छ । किनभने विवाह गरेर छोड्नुभन्दा अहिले नै परिवर्तन गर्दा राम्रो हुन्छ । कतिपयले परिवर्तन गरेका छन् ।
राम्रा केटा देख्दा कस्तो अनुभूति हुन्छ ?
आहा ! कस्तो हेन्डसम भन्ने लाग्छ । मलाई राम्रो लागेर पाइहालौं भन्ने लाग्दैन । किनकि मेरो ब्वाइ फ्रेन्ड छ ।
विवाह कहिले गर्नुहुन्छ ?
विवाह छिट्टै नै गर्ने योजना छ । मेरो अहिलेको योजनाअनुसार आफ्नै ब्वाइ फ्रेन्डसँग विवाह गर्छु होला । उसले धोका दियो भने अर्कोसँग छानेर गर्नेछु ।
व्यायाम नि ?
म बिहान मर्निङ वाक गर्छु । पहिला म एरोबिक डान्स कक्षामा जान्थें । मेरो स्कुटर एक्सिटेन्ट भएदेखि अहिले मर्निङ वाक
मात्र गर्छु ।
यो क्षेत्रमा आउन केले प्रेरित ग¥यो ?
मेरो एक साथी हुनुहुन्छ । उहाँले ग्ल्यामर र क्षेत्रमा प्रवेश गर्दा राम्रो हुन्छ भन्नुभयो त्यसैले म यस क्षेत्रमा आकर्षित भएँ ।
आफ्नो स्वभाव कस्तो लाग्छ ?
म आफैंलाई भलादमी टाइपको छु लाग्छ । मलाई अनावश्यक बोल्न मन लाग्दैन । अर्को विषय भनेको अरूको अनावश्यक कुरा काट्न पनि मन लाग्दैन ।
यो क्षेत्रमा लागेर पैसा कतिको कमाइ हुन्छ ?
पैसा कमाउन म यस क्षेत्रमा आएको होइन । म्युजिक भिडियो खेल्ने इच्छा पूरा गर्न आएकी हुँ ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com