शुक्रबार, मंसिर २७, २०७६
    स्कुल-कलेज

    विद्यार्थी सङ्गठनद्वारा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ३ दिनदेखि तालाबन्दी

    शुक्रबार, २४ श्रावन २०७६, आहाखबर

    सुर्खेत, २४ साउन । 

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय ३ दिनदेखि बन्द छ ।विश्वविद्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेपछि तीन दिनदेखि खुल्न नसकेकाे हाे।  

    विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । विभिन्न माग राख्दै तीन दिनयता स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी सङ्गठनले ताला लगाएका छन् ।

    उपकुलपतिको कार्यालय, रजिष्ट्रारको कार्यालय र लेखा शाखामा तालाबन्दी गरिएको स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अध्यक्ष झक्क शाहीले जानकारी दिए । आफ्ना मागहरु  पूरा नगरेसम्मका लागि तालाबन्दी गरिने उनले बताए ।

    विद्यार्थी सङ्गठनहरुले विश्वविद्यालयको हरेक वर्ष वृद्धि हुँदै आएको १० प्रतिशत शिक्षण शुल्क तत्काल खारेज गर्नुपर्ने, तत्काल स्ववियुको निर्वाचन घोषणा गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यापकहरुको दोहोरो सुविधा खारेज गर्नुपर्ने, यसअघि स्ववियु विद्यार्थी सङ्गठन र इञ्जिनीयरिङ सङ्कायका विद्यार्थीसँग गरिएका सहमतिहरु तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै साउन १ गते रजिस्ट्रारलाई ज्ञापनपत्र बुझाएका थिए।

    आफ्ना मागहरु पूरा नभए मङ्गलबारदेखि विश्वविद्यालयका पदाधिकारीहरुको सवारीसाधन अनिश्चितकालका लागि बन्द गर्ने तथा अन्य आन्दोलनका कार्यक्रम अहिलेलाई स्थगित गरेको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष शाहीले बताए । “विश्वविद्यालयका  उपकुलपति उपेन्द्रकुमार कोइरालाले विद्यार्थीका मागलाई लिएर वार्तामा बस्ने भनिसकेपछि आन्दोलनका थप कार्यक्रम रोकेका छौँ”, शाहीले भने, “विश्वविद्यालयमा तालाबन्दी भने यथावत राखेका छौं।”

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast