मंगलवार, कार्तिक ५, २०७६
    ब्राण्ड/संगठन

    एलजी तीन वटा स्क्रिन भएकाे स्मार्ट फाेन ल्याउँदै, यस्ता छन् विशेषता

    शुक्रबार, २४ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २४ साउन । 

    स्मार्टफोन निर्माता एलजीले अब तीन वटा स्क्रिन भएकाे स्मार्ट फाेन ल्याउने भएकाे छ ।एलजीले आफ्नो नयाँ डिभाइस अन्तर्गत तीनओटा स्क्रिन भएकाे फाेन सार्वजनिक गर्ने भएकाे हाे । 

    आईएफए २०१९ को पत्रकार सम्मेलनको लागि सार्वजनिक गरिएको टिजरमा एक झल्को दिइएको हो । २० सेकेण्डको टिजरमा एक एनिमेटेड सिंगल स्क्रिनमा भिडियो गेम चलिरहेको छ र यसमा सानो गेम कन्ट्रोलर र क्यामेरा आइकोन बनेको देखिन्छ ।

    यसपछि किताबजस्तै दोस्रो स्क्रिन पनि खुल्छ । त्यसमा कम्पनीको आईएफए पत्रकार सम्मेलनको रुट म्यापमा खुलेको देखिन्छ । त्यसपछि डिभाइस बन्द हुन्छ र तेस्रो सानो स्क्रिन डिभाइसको माथिल्लो भागमा देखिन्छ ।

    यो योजना कम्पनीको एलजीभी५० थिंक्युको सेकेन्ड स्क्रिन केस अक्सेसरीसँग मिल्दोजुल्दो छ । यसलाई एलजीले फोनका सागै मोबाइल वल्र्ड कांग्रेसमा प्रदर्शन गरेको थियो ।

    टीजरको भिडियोका साथै  यस विषयसँग जोडिएका केही जानकारी पनि सार्वजनिक भएका छन् । तर, नयाँ डिभाइसको विषयमा स्पष्टरुपमा यो नै हो भनेर भन्न सकिने अवस्था भने छैन । तर, बजारमा अहिले रहेका अन्य डिभाइसका लागि नयाँ अक्सेसरी ल्याउनसक्ने बताइएको छ ।

    यो डिभाइस पट्याउन मिल्ने किसिमको हुने सम्भावना भने निकै कम रहेको बताइएको छ । एलजीले आफ्नो ओएलईडी टीभी बाहेक अन्य उत्पादन सार्वजनिक गर्ने कार्यक्रम छैन । यस्तोमा यो डिभाइस पट्याउन मिल्ने स्मार्टफोनको रुपमा नआउने निश्चित देखिएको छ ।

    फोल्डिङ स्क्रिनको सट्टामा यो डिभाइसमा दुई फरक स्क्रिन हुनसक्ने बताइएको छ । अहिले हिन्जको सहयोगमा जोडिनेछन् । यस्तोमा डिभाइसको स्क्रिन सामसुङ ग्यालेक्सी फोल्ड वा हुवावेई मेट एक्सजस्तो बीचबाट पट्याउन भने सकिँदैन ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast