मंगलवार, भाद्र ३, २०७६
    बैंक-बीमा

    वाणिज्य बैंकहरुले कति प्रतिशत ब्याजमा दिन्छन् सेयर किन्न ऋण ?

    शुक्रबार, २४ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २४ साउन । 

    बैंक तथा वित्तीय संस्थाकाे नयाँ आधार दर 'बेस रेट' सार्वजनिक  भएकाे छ । बैंक तथा वित्तीय संस्थाले नयाँ आर्थिक वर्ष सुरु भएसँगै आधार दर 'बेस रेट' सार्वजनिक गरेका हुन् ।

    यसै दरलाई आधार मानेर बैंक तथा वित्तीय संस्थाले विभिन्न किसिमका ऋण उपलब्ध गराउँछन् । आधार दरमा बैंकको आवश्यकता र क्षमता अनुसार त्यसमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्छन् ।

    बैंकहरुले असार मसान्तसम्म सार्वजनिक गरेका आधार दरकै आधारमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने सेयर धितो कर्जा यस्ताे छ ।

     

    बैंकहरुले सार्वजनिक गरेका पछिल्लो आधार दर मध्ये सबैभन्दा कम स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसको आधार दर ७.६३५ रहेको छ । यद्दपि, यसले कति प्रिमियम थप गरेर सेयर कर्जा प्रवाह गर्छ भन्ने खुलाएको छैन । चार्टर्डले सेयर कर्जा खासै दिने गरेको छैन । 
     
    यता, सरकारी स्वामित्वको नेपाल बैंकको आधार दर भने ७.९८५ छ । बैंकले यसमा ४.०५५ देखि ५.०२५ सम्म प्रिमियम थप गरेर सेयर कर्जा प्रवाह गर्छ । त्यस्तै, कृषि विकास बैंकले पनि आधार दरमा कति प्रिमियम थप गरेर सेयर धितो कर्जा प्रवाह गर्ने भनेर खुलाएको छैन । कृषिले पनि सेयर कर्जा खासै उपलब्ध गराउँदैन् । 

    राष्ट्रिय वाणिज्य बैंकले भने असार मसान्त सम्मको आधार दर सार्वजनिक गरेको छैन । यद्दपि, यसले आधार दरमा ४५ देखि ५.६७५ सम्म प्रिमियम थप गरेर सेयर धितो कर्जा दिदैं आएको छ । यसअवधिमा सबैभन्दा धेरै आधार दर सेन्चुरी कमर्सियल बैंकको रहेको छ ।

    यो बैंकको आधार दर ११.२९५ छ । यसमा २.२५५ देखि ४.२५५ सम्म प्रिमियम थप गरेर बैंकले सेयर कर्जा प्रवाह गर्छ । त्यस्तै, सिभिल बैंकको आधारदर ११.११५ छ । यसमा ०५ देखि ६५ सम्म थप गरेर कर्जा प्रवाह हुन्छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast