शनिबार, मंसिर २८, २०७६
    कला-सौन्दर्य

    प्रचण्डकी नातिनीकाे गीतमा 'कार्टुन्ज क्रु'काे दमदार नृत्य (भिडियाेसहित)

    शुक्रबार, २४ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २४ साउन ।

    गायिका स्मिता दाहालको अर्को नयाँ गीतकाे भिडियाे सार्वजनिक भएकाे छ । शुभ मिडिया हाउसको प्रस्तुतिमा दाहाल तथा राजनराज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ’ गीतकाे भिडियो आज डिजिटल रुपमा सार्वजनिक गरिएको हो ।

    अहिले यो गीत युटुवको ट्रेडिङ नम्बर तीनमा रहन सफल भएको छ । आज अपराह्न गज्जबको टेलिभजनको युट्युब च्यानलमार्फत गीतको औपचारिक रुपमा सार्वजनिक गरिएको छ । दाहालको स्वरमा रहेको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ । गीतमा दाहाल स्वयंले समेत नृत्य गर्दै अभिनय गरेकी छन् ।

    उत्कृष्ट छायांकन रहेको गीतलाई दिनेश थपलियाले रचना गरेका हुन् । दाहाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । उनले यसअघि एक दर्जन बढी गीतमा स्वर दिइसकेकी छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast