शनिबार, भाद्र ७, २०७६
    यातायात

    चारपांग्रे पठाओ अडर गर्नै सय रुपैयाँ लाग्ने, भाडा कति ?

    शुक्रबार, २४ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २४ साउन ।

    दुईपांग्रे सवारीसाधनबाट यात्रुलाई सेवा दिइरहेको पठाओले अब चारपांग्रे सेवा सुरु गरेको छ । पठाओ कम्पनीले शुक्रबारबाट काठमाडौं उपत्यकामा यो सेवा सुरु गरेको हो । 

    यस सेवाका लागि मोबाइल एपमार्फत् दुईपांग्रे तथा चारपांग्रे सवारी अडर गर्न सकिन्छ । पठाओले शुक्रबारबाट काठमाडौं उपत्यकामा सेवा सुरु गरे सँगै उपत्यकाका तीन सय ट्याक्सी पठाओमा जोडिएको जानकारी दिएकाे छ ।

    चारपांग्रेमा पनि कार लाइट र कार प्लस गरी दुई किसिमको सेवा कम्पनीले उपलब्ध गराएको छ । कार प्लस लाइटभन्दा झन्डै दोब्बर महँगो छ । पठाओको कार अर्डर गर्न नै सय रुपैयाँ तिर्नुपर्छ । यसलाई कम्पनीले सेवा शुल्क भनेको छ । “ट्याक्सी अर्डर गरेका यात्रु लिनका लागि डेढ किमिसम्म टाढा पुग्नुपर्ने हुन्छ । त्यसैले सर्भिस चार्ज सय रुपैयाँ उठाउने गरेका छौं,” पठाओका म्यानेजर शशांक थापाले भने ।

    यात्रुको अर्डर लिन मोबाइलमा अनलाइन गरी चालक बस्नुपर्ने हुँदा इन्टरनेटको खर्च र यात्रु लिनका लागि भनेको स्थानसम्म पुग्नुपर्ने हुँदा पेट्रोल खर्च हुने भएकाले यात्रुबाट सय रुपैयाँ लिने गरेको उनको तर्क छ । सवारी र यात्रुको संख्या बढेपछि यो शुल्क घटाउने उनले बताए । 

    मोटरसाइकलको हकमा भने सुरुको अर्डर रकम ३० रुपैयाँ छ । यात्रुले सवारीसाधन अर्डर गर्दा पुग्नुपर्ने ठाउँको दूरीअनुसार मोबाइल एपमा नै सर्भिस चार्ज जोडिएर कुल भाडा देखिन्छ । सर्भिस चार्ज सय रुपैयाँ जोडेर यात्रुले तिरेको भाडाको ८० प्रतिशत रकम चालकले पाउँछन् भने २० प्रतिशत रकम पठाओ कम्पनीले पाउनेछ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast