शनिबार, श्रावन ३२, २०७६
    बिदेश

    अन्तिम श्वास बाँकी रहेसम्म कश्मीरका लागि लड्छाैं : इमरान खान

    शुक्रबार, २४ श्रावन २०७६, आहाखबर

    इस्लामावाद, २४ साउन ।

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अन्तिम श्वास बाँकी रहेसम्म कश्मीरका लागि लड्ने बताएका छन् । प्रधानमन्त्री खानले भारतीय प्रशासनमा रहेको कश्मीरी भूमिमा भारतले जातीय नरसंहार गरिरहेको समेत आरोप लगाए ।

    पाकिस्तानको संसदमा बोल्दै उनले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई हिटलरको नेतृत्वमा रहेको नाजी जर्मनीसँग तुलना समेत गरे । उनले भने ‘यो केही गर्नैपर्ने समय हो ।’

    सम्बोधनका क्रममा उनले पाकिस्तान कश्मीरका लागि अन्तिम थोपा रगत बाँकी रहेसम्म लडिरहने समेत उद्घोष गरे । भारतले जम्मू कश्मीर राज्यलाई दिएको विशेष राज्यका मान्यता खारेज गरेपछि प्रधानमन्त्री खानको यस्तो भनाइ आएको हो ।

    पाकिस्तान र भारत दुवै मुलुकले कश्मीरमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् । कश्मीरकै विषयलाई लिएर दुई मुलुकबीच दुईपटक युद्ध भइसकेको छ । भारतको पछिल्लो कदमपछि दुई मुलुकबीचको सम्बन्ध नराम्ररी बिग्रिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast