मंगलवार, कार्तिक ५, २०७६
    बैंक-बीमा

    आइसिटी अवार्ड विजेतालाई वाणिज्य बैंकले १५ लाखसम्म सहुलिय ऋण दिने

    शुक्रबार, २४ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, २४ साउन ।

    राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डका विजेतालाई १५ लाखसम्म सहुलिय ऋण दिने भएकाे छ ।  यस वर्षको आइसिटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टहरुलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विना धितो ऋण दिने भएको हाे ।

    सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड’ को चौथो संस्करण यही साउन ३२ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुँने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंक आइसिटी अवार्ड २०१९ को बैकिङ पार्टनरको रुपमा रहेको छ ।

    स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई बैंकले यो सुविधा दिन लागेको हो ।

    यसैगरी आइसिटी अवार्डको इन्सुरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्सुरेन्सले सम्पुर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्सुरेन्स गरिदिने जानकारी गराएको छ । यस वर्ष १० वटा विधामा आइसिटी अवार्ड प्रदान गरिनेछ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast