शनिबार, मंसिर २१, २०७६
    पर्यटन समाचार

    बागमतीकाे ढल प्रशाेधन हुँदै, अब दर्शनार्थीले नुहाउन मिल्ने

    शुक्रबार, २४ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २४ साउन ।

    अब बागमतीमा दर्शनार्थीलाई नुहाउन मिल्ने गरी ढलको पानी प्रशोधन हुने भएकाे छ ।बागमतीसहितका उपत्यकाका खोलामा हालिने ढललाई शुद्ध बनाउन प्रशोधन केन्द्र निर्माण भइरहेका छन्। घरबाट निस्कने फोहरले बागमती, धोबीखोला, नख्खु , बल्खु , हनुमन्ते, विष्णुमती र मनोहरा खोला कुरुप भएका बेला सरकारले शुद्धीकरण अभियान चलाएको हो। 

    उपत्यकाबासीको घरबाट निस्कने फोहर सीधै यहाँका खोलामा मिसाइन्छ। सबैभन्दा चेतनशील प्राणी मानिसले मिसाएको फोहोर र ढलले यहाँका खोला कुरुप र डुङडुङ गन्हाउने भएपछि बागमतीको नामै ढलमती भएको छ। कयौँ वर्षदेखि फोहोरको थुप्रोमा परिणत बागमतीलाई संग्लो बनाउन सरकारले यस्ताे अभियान चलाएकाे हाे । 

    खोला पानीलाई नुहाउन र वृक्षरोपणमा प्रयोग गर्न  ढल प्रशोधन केन्द्र निर्माण गर्न लागिएको अधिकारसम्पन्‍न बागमती सभ्यता एकीकृत विकास समिति आयोजना अन्तर्गतका आयोजन प्रमुख योगेन्द्र चित्रकारले बताए। उनका अनुसार बागतीमा अब सीधै ढल मिसिन छोडेको छ। 

    उनले भने, 'विगतको  तुलनामा ढल मिसाउने काममा शतप्रतिशत कमी आएको छ। उपत्यकाका सहायक खोलाबाट बागतीमा बढी ढल मिसिएका छन्। बागमती काठमाडौं उपत्यकाको सभ्यता हो।' यसमा सफा पानी बगाउनुपर्ने एकीकृत विकासको दायित्व रहेको उनले बताए।

    उपत्यकाका सबै खोला-नदीमा ढल प्रशोधन केन्द्रले नुहाउन योग्य बनाउने उनको भनाइ छ । गुह्येश्वरीमा एक ढल प्रशोधन केन्द्र सञ्चालनमा छ। त्यो प्रशोधन केन्द्र १५ वर्ष अगाडि निर्माण भएको हो। त्यसले प्रतिसेकेण्ड १९० लिटर ढल प्रशोधन गरिरहेको छ।

    हाल प्रशोधन केन्द्रमा प्रतिसेकेण्ड ४ सय देखि ५ सय लिटर आउने चित्रकारले बताए। प्रयोगशालाको क्षमता कम भएकाले हाल प्रशोधनको काम प्रभावकारी नभएको उनको भनाइ छ। प्रशोधन केन्द्रको क्षमता बढाउने तयारी भइरहेको उनले जानकारी दिए।

    प्रतिसेकेण्ड ३८० लिटर प्रशोधन क्षमता बढाउने गरी प्रयोगशालाको निर्माण गरिरहेको उनकाे भनाइ छ । उपत्यकामा अन्य तीन ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण भइरहेको छ। भक्तपुरको सल्लाघारी, पाटनको बालकुमारी, धोबीघाट र गुहेश्वरीमा प्रशोधन केन्द्र पहिले निर्माण भइसकेको उनले जानकारी दिए। बालकुमारीको प्रशोधन केन्द्र भदौ महिनासम्म चालु हुन सक्ने उनले प्रतिक्रिया दिए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast