आईतवार, भाद्र ८, २०७६
    सावधान

    इनारमा खसेर महिलाको मृत्यु

    शुक्रबार, २४ श्रावन २०७६, आहाखबर

    चितवन, २४ साउन । 

    भरतपुर महानगरपालिका–९ आदर्शचोकमा शुक्रबार बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो । 

    इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खस्नुभएको थियो । इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast