मंगलवार, भाद्र ३, २०७६
    खेल संसार

    ग्लोबल टी–२० सन्दीप आवद्ध टीमले गरे पैसाका लागि आन्दोलन

    बिहिवार, २३ श्रावन २०७६, आहाखबर

    एजेन्सी, २३ साउन 

    क्यानडामा जारी टी–२० क्रिकेटमा पहिलो चरणको खेल बुधबार राति सवा १० बजे शुरु हुने तालिका थियो । तर, खेल दुई घण्टा ढिलोगरी शुरु भयो ।

    इएसपीएनले टस हुन नै ढिलो भइरहेको भनेर लेख्यो, झण्डै दुई घण्टासम्म । धेरैले भने पानी परेकाले खेल हुन नसकेको अनुमान लगाए । किनभने क्रिकेटमा खेल रोकिनासाथ पानी कारण भएको देखिदै आएको छ ।

    फेरि बुधबारको खेल नेपाली क्रिकेट समर्थका लागि चासोमा थियो ।

    किनभने, नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने आवद्ध टीम टोरन्टो नेशनल्स्को अन्तिम खेल थियो । यो खेल जितेमा सन्दीप आवद्ध टीम टोरन्टो ६ अंकका साथ प्लेअफमा जाने थियो । अनि पराजित भएमा बाहिरिने पक्का थियो ।

    खेल टोरन्टो नेशनल्स्ले नै जित्यो पनि । ३५ रनले मोन्टेरियल टाइगर्स पराजित भयो ।

    तर, खेल ढिलो हुनुको कारण भने बिस्तारै खुल्दै गएको छ । एजेन्सीहरुले स्रोतसलाई उल्लेख गर्दै लेखेको समाचारअनुसार बुधबार रातिको खेल ढिलो हुनुमा आर्थिक कारण रहेछ ।

    खेलाडीहरुले पाउनुपर्ने पारिश्रमिक नपाएपछि दुवै टीमका खेलाडी आन्दोलनमै उत्रिए । नेतृत्व भने टोरन्टो नेशनल्सका कप्तान युवराज सिंहले गरेका थिए ।

    ग्लोबल टी–२० मा सन्दीप लामिछाने टोरन्टो नेशनल्समा ६० हजार डलरमा अनुबन्धित भएका हुन् भने सोमपाल कामी विनिपेग हक्समा तीन हजार डलरमा अनुबन्धित भएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast