सोमबार, भाद्र २, २०७६
    शेयर बजार

    साताकाे अन्तिम दिन १० अंकले घट्याे सेयर बजार

    बिहिवार, २३ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २३ साउन ।

    साताको अन्तिम दिन बिहिबार सेयर बजारमा १० अंककाे गरावट आएको छ । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज 'नेप्से' परिसूचकमा १० अंकको गिरावट आएको हाे।

    नेप्से ९.९२ अंकले घटेर १ हजार २ सय ३८.५६ अंकमा पुगेको छ । नेप्से घटेको दिन सेन्सेटिभ इन्डेक्स पनि १.९६ अंकले घटेर २६८ अंकमा पुगेको छ । कारोबारमा आएका १२ वटै समूहगत उपसूचक ओरालो लागेका छन् । आज बजारमा १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२  कित्ता सेयर ४५ करोड ४६ लाख  २९ हजार ५७५ रुपैयाँमा कारोबार भए । 

    यसदिन बजारमा रसुवागढी हाइड्रोपावरको कारोबार सबैभन्दा धेरै भयो । यस दिन कम्पनीको सेयर ९ करोड ७६ लाख ९९ हजार १८१ रुपैयाँमा कारोबार हुँदा सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक ५.७१ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी रसुवागढी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.७० प्रतिशतले घट्यो । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast