शनिबार, श्रावन ३२, २०७६
    बिदेश

    कश्मीरबाट ५ सय ६० जना पक्राउ, इन्टरनेट र फोन बन्द

    बिहिवार, २३ श्रावन २०७६, आहाखबर

    कश्मीर, २३ साउन ।

    भारत प्रशासित कश्मीरमा विभिन्न क्षेत्रका ५ सय ६० जना पक्राउ परेका छन् । उनीहरूलाई पक्राउ गरि श्रीनगर, बारामुल्ला र गुरेजलगायत क्षेत्रमा अस्थायी शिविर बनाएर राखिएको छ।

    जम्मू कश्मीरमा विश्वविद्यालयका प्राध्यापक, व्यवसायी र अधिकारकर्मीसमेत गरि ५ सय ६० जनाभन्दा बढीलाई पक्राउ गरिएको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया र इन्डियन एक्सप्रेसले जनाएका छन्।

    गत सोमबार भारत सरकारले जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने संविधानको धारा ‘३७०’ खारेज गरेपछि जम्मू कश्मीरमा प्रदर्शन हुँदै आइरहेको छ। भारत सरकारको यो निर्णयपछि उक्त क्षेत्रमा हिंसा मच्चिन सक्ने सम्भावना रहेका कारण पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

    जम्मू कश्मीरको सुरक्षा व्यवस्था सुदृढ तुल्याउन दशौँ हजार सेना र प्रहरी तैनाथ गरिएको छ। त्यहाँ बन्द गरिएको इन्टरनेट र फोन सेवा अझै सुचालु भइसकेको छैन भने मानिसको आवागमनमा अत्यन्त कडाई गरिएको छ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast